इटहरीः गोरखा जिल्लामा जलविद्युतको काम गरिरहेको विकास हाइड्रोपावरले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । त्यस अनुसार कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैया को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासनको काम गर्नका लागि विकासले बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भाद्र ३१ गते नै सम्पन्न गरेको छ । सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।