इटहरीः मोरङको विराटनगरमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनका अनुसार विराटनगर–६ स्थित बि एफएम छेउमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले हिजो साँझ ६ः०० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका साहलाई उपचारार्थ विराटनगरकै नोबेल अस्पताल पठाइएकोमा उपचारका क्रममा राति १२ः३० बजे उनको मृत्यु भएको हो । दुर्घटनालगत्तै ठक्कर दिने मोटरसाइकल र त्यसका चालक विराटनगर–६ का अन्दाजी ३० वर्षीय ओमप्रकाश कामत फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।