इटहरीः मोरङको बूढीगंगा गाउँपालिका ३ स्थित कोसी राजमार्गमा आज बिहान कार दुर्घटना हुाँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङकै बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राई रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको चार जना सवार रहेको बा ११ च १५७१ नम्बरको कार आज बिहान ११ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमालसमेत सामान्य घाइते भएकोमा उनीहरुको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।