इटहरीः ३३ वर्षदेखि कार्यरत इटहरीका तीन जना महिला स्वास्थ्य स्वयंसेविकालाई इटहरी उपमहानगरपालिकाले सम्मानसहित बिदाइ गरेको छ ।

६० वर्षे उमेर हदका कारण विष्णुतारा नेपाली,गंगादेवी नेपाल र गंगिया सरदारलाई सम्मानसहित उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बिदाइ गरे । उनीहरुलाई ३० हजार रुपैयाँ प्रोत्साहन भत्तासहित बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्रमुख चौधरीले उनीहरुले स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गरेका थिए ।

ss3

 

उनले भने “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ, स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय छ ।”इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।

ss1 ss4