इटहरीः सुनसरी इटहरी उपमहानगरपालिका १७ नम्बर निवासी ५० बर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।
आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते उनि गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको लागी बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।