धरानः साम्सोहाङ्ग परिवार कल्याण संघले प्रदेश नः १ का सामाजिक बिकास मन्त्री बल बहादुर साम्सोहाङ्गलाई बधाई तथा स्वागत गरेको छ ।
बुधबार साम्सोहाङ परिवार कल्याण संघको कार्यालय धरान १९ मा अध्यक्ष लगत समसेर साम्सोहाङ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङ्गले कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै प्रदेश १ का जनतालाई रोजगारी प्रदान साथै जनताको जिवनस्तरमा सुधार गर्ने लगायत , खेलकुदमा सुधार ल्याउने जस्ता योजनाहरु बन्दै गरेको बताएका छन् ‌‌ ।
ताप्लेजुङ पुखौली थलो भएका लिम्बु जातीको एक जाती साम्सोहाङ्ग परिवारलाई संगठीत गर्न, वंशावली निकाल्न र परिवारका पछाडी परेका हरुलाई अगाडी बढाउन केन्द्रिय अध्यक्ष लगत समसेर सुब्वाको ठूलो योगदान रहेको मन्त्री साम्सोहाङ्गले बताए । ९१ वर्षिय लगत शमसेर साम्सोहाङ्गमा अहिले पनि युवा जति कै सकृय भएको र अहिलेको धरान नगरको बिकासमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको बताए ।

IMG_20210908_135012
मन्त्री बल बहादुर साम्सोहाङ्ग, साम्सोहाङ्ग परिवारवाट मन्त्री बन्ने पहिलो व्यक्ति भएको केन्द्रिय अध्यक्ष लगात शमसेर साम्सोहाङ्ग ले बताए । साम्सोहाङ्ग परिवार देश बिदेशको जुनसुकै ठाउँमा बसेको भएपछि एक आपसमा सम्बन्ध र, परिचय हुनपर्ने उनको धारणा रहेको थियो । उनले अहिलोको राजनैतिक दलहरुको नेतृत्व सही नभएकाले देश अघि बढ्न नसकेको बताउदै अब इमान्दार, देश बिदेश घुमेर धेरै कुरा बुझेका भूपू लाहुरेहरुले देशको नेतृत्त्व गर्न आवश्यक भएको बिचार राखे ।

कार्यकममा प्रा।डा। टंक न्यौपाने, डा. योगेन्द्र पालुङ्वा, बम देवान, जुली साम्सोहाङ्ग, बालनन्द साम्सोहाङ्ग, अम्बिका सम्वाहाम्फे र आइन्द्र बेघाले मन्त्री बल बहादुर साम्सोहाङ्गलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । मन्तव्यको क्रममा बक्ताहले धरानको सामाजिक समस्याको विषयमा पनि ध्यान दिन मन्त्रीलाई अनुरोध गरे। बधाई कार्यक्रम पछि संघको साधरण सभा गरिने संघका उपाध्यक्ष लेखी सुब्वाले बताए ।

IMG_20210908_144036