इटहरीः संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङका सामुहिक रुपमा हत्या गरिएका ६ जनाको केही बेरअघि अन्त्येष्टि गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको बुढी गंगाजमुना मुक्तिघाटमा उनिहरुको अन्त्येष्टि गरिएको हो । गत सोमबार ८५ बर्षीय वौद्धमान कार्कीका परिवारको ६ जनाको हत्या भएको हो । वौद्धमानका जेठो नाति रमेश र कान्छो नाति नरेश वैदेशीक रोजगारीको शिलशिलामा मलेशियामा थिए । कान्छा नाति नरेश आएसँगै उनिहरुको अन्त्येष्टि गरिएको हो । हत्या हुनेमा वौद्धमानसहित उनकी पत्नी ८४ वर्षीया पार्वता, ५८बर्षीय छोरा तेजबहादुर, ५२ बर्षीया बुहारी कमला, ३२ बर्षीया नातिनि बुहारी रञ्जना, ११ बर्षीय नाति दिपेन र ७बर्षीया नातिनि गोमा कार्कीको हत्या भएको थियो ।
उनिहरुको शवलाई आजै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्मार्टम गरिएको थियो । दिउँसो ४ वजेनै शवलाई अन्त्येष्टि गरिने भनिए पनि भारी वर्षका कारण केहीबेरअघि मात्रै अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिपछि बोल्दै आफन्तले एउटा बंशजनै नास गर्ने हेतुले गरिएको यो हत्याका सम्बन्धका निष्पक्ष छानविन गरि कारबाहि गर्न माग गरेका छन् ।
रहस्यमय हत्या प्रकरणको सम्बन्धमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरीसँगै अहिले संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र त्यहाँबाट आपराध अनुसन्धानमा पोख्त कुकुरसहितको टोली घटनास्थालमा अनुसन्धान गरिरहेको छ । दोषि पत्ता लगाउन पोख्त मानिएका ‘ट्रयाकर डग’ ‘पिकु’ र लैलालाई त्यहाँ लगिएको छ । प्रहरी, कुकुर र स्थानीयको सहयोगमा हत्याराको खोजि प्रयास जारी छ तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।