इटहरीः शिक्षा दिवसको अबसर पारेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा अबस्थित जगन्नाथ डेगराज जनता माध्यमिक बिद्यालयमा निर्माण गरिएको शिक्षा सेवी स्वर्र्गीय टंकबहादुर भट्टराईको सालिक बुधबार अनावरण गरिएको छ ।
सुनसरी जिल्लाकै पुरानो प्रधानपन्चको रुपमा चिनिएका स्वर्र्गीय भट्टराईको सालिक बिद्यालयकै अग्रसरतामा कलाकार बिक्रम श्रीले तयार गरेका हुन । लामो समय समाजिक सेवा र शिक्षाप्रति समर्पण गरेका भट्टराईको सालिकलाइ बिधालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच बराहक्षेत्र नगरपालिका मेयर निलम खनालले अनावरण गरे । स्वर्गीय भट्टराईले सो बिद्यालयको लागि २० बिगाहा जग्गा जोहो गरिदिएका थिए ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानअध्यापक हिरामणि पौडेलले स्वर्र्गीय भट्टराईले शिक्षा र समाज सेवामा उच्च योगदान पुर्याएको र उहाँको सम्मन स्वरुप इतिहासलाइ सम्झेर सालिकको अबधारणा ल्याइएको बताए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष पुष्पराज ढुगाना, स्थानीय शिक्षा अधिकृत , पुर्ब प्रधानाध्यापक , समाजसेवी तथा जनप्रतिनिधि हरुको समेत उपस्थिति रहेको स्वर्गीय भट्टराईका छोरा पुष्प भट्टराईले बताए ।
सोहि अबसर पारेर स्वर्गीय भट्टराईका छोरा पुष्प भट्टराईले बुवाहरु स्वर्र्गीय खड्गबहादुर , टंक बहादुरको नाममा हरेक बर्ष जेहेन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि १ लाख रुपैयाँको अक्षयकोष समेत खडा गरिदिएका छन । अक्षयकोषबाट सोही बिधालयमा अध्यन गर्ने जेहेन्दार बिद्यार्थीलाइ हरेक बर्ष छात्रवृत्ति प्रदान गर्नेगरि स्थापना गरिएको छोरा पुष्पले बताए । परिवारसंगको सल्लाहमा कोषलाइ अझै बढाउदै लाने समेत पुष्पको भनाइ छ ।