इटहरीः इलाका प्रहरी कार्यालय इटहरीको भवन जीर्ण बन्दै गएको छ । जसले गर्दा यहाँका प्रहरीलाई शन्ति सुरक्षा कायम गर्न समस्या भएको छ । जनताको सुरक्षाका लागि स्थापना भएको इलाका प्रहरी कार्यालय इटहरीको कार्यालय भवन जीर्ण बन्दै जाँदा प्रहरीलाई सकस भएको छ । २०३२ सालमा अस्थायी प्रहरी चौकीका रुपमा निर्माण भएको भवना अहिले इलाका प्रहरीको जनशक्ती राख्दा समस्या हुँदै आएको छ । ३२ सालमा १० जना प्रहरीका लागि बनाइएको भवनमा अहिले ८० जना भन्दा बढी प्रहरी र थुनुवासमेत राख्नुपर्ने बाध्यता छ । एकातर्फ थोरै ठाउँ र अर्कोतर्फ जीर्ण बन्दै जाँदा प्रहरीको दैनिक कार्यसम्पानमा नै प्रभाव परेको छ ।

1 (1) 1

झण्डै ८ वर्षपहिला नै यहाँबाट उपयुक्त स्थानमा स्थान्तरण गर्ने भन्दै नागरिक समाज र राजनैतिक दलको सहभागिता सहितको समिति बनाइयो । सो समितिले इलाका प्रहरी कार्यालयको भवनका लागि कहाँ जग्गा उपयुक्त हुन्छ भनेर निक्र्यौल गर्ने भनिएको थियो तर अहिलेसम्म जग्गाको टुङ्गो नलाग्दा समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक (डि.एस.पी) अर्जुन केसीले जानकारी दिए । इटहरी प्रदेश १ को व्यपारीक र शैक्षिक गन्तव्यको रुपमा विकास हुँदै गएको छ । यस्तै पछिल्लो समय अपराधका घटना पनि वृद्धि भएको पाइन्छ । सुरक्षाका दृष्टिकोणले सम्बेदनशील बन्दै गएको इटहरीमा प्रहरीको सुरक्षाका लागि भवन निर्माणका लागि लागिपर्नुपर्ने नागरीक समाज इटहरीका उपाध्यक्ष राजु केसीले बताए ।