इटहरीः तेह्रथुम पावर कम्पनीको आइपिओ (भदौ २५ गते) शुक्रबार बाँडफाँट हुने मिति तय भएको छ । आफ्नै कार्यालयमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्रि प्रबन्धकले जानकारी दिएको छ ।

प्री–अलोटमेन्ट सम्पन्न भइसकेको कम्पनीले आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । बाड्फाड गोलाप्रथाबाट हुने भएकाले पहुँच वालाको हाबि नहुने बिश्वास लिइन्छ ।

तेह्रथुम पावर कम्पनिको आइपिओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर माग गर्दै आवेदन परेको छ । कम्पनीले बिक्री खुल्ला गरेको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन भने २३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५५ ९४० हजार कित्ता० म्युचुअल फन्डलाई र २५ ९१६ हजार कित्ता० सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७।५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ । यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।