इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बाट प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४९ वर्षीय दिलसेर राई र खड्गसिंह राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो दिउँसो १ः३० बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर खानतलासी गर्दा दुवै जनाको घरबाट अवैध रुपमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक बरामद भएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।