धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।

शनिबार मेयर तिलक राईले सुनौलो मार्गमा निर्माण गरिएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन् । उक्त स्वास्थ्य चौकी भवन दीपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पि.एस. सहित) निर्माण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर राईले धरानवासीहरुले सामान्य रोगको उपचारबाट बञ्चित भई आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आधारभुत स्वास्थ्य चौकी भवन स्थापना गरिएको बताए ।

240420088_264980665449255_6987321105706559036_n

मेयर राईले भवनलाई विस्तारै बढाउँदै लगेर प्रसूति गृहलगायत सञ्चालन गरिने पनि उल्लेख गरे । उपमेयर मञ्जु भण्डारीले नगरपालिकाले स्वास्थ्य चौकी भवन बनाइदिएको र कर्मचारी खटाउने बताउँदै यसको संरक्षण गर्ने जिम्मेवारी नागरिकको भएको बताइन् । कार्यक्रममा वडाध्यक्ष बाबुलाल लामा, उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।