300x500px

इटहरीः बिराटनगरमा बिगत ७ बर्षअघि संचालनमा आएको बिराटनगर ६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज बिराटनगरको नाम परिवर्तन भएर बिराटनगर इन्टरनेशनल कलेज भएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री संचालन गर्दै आएको कलेजले नयाँ नाम सहित थप बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको हो ।

शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवस्यकता अनुभूत गरी बिए ९अनर्स० इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट , मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी ९अनर्स० कम्प्युटर साइन्स ९साइबर सेक्युरिटी र कम्प्युटिङ० थप कोर्ष पढाउने भएको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए । बिगत ७ वर्षदेखि कलेजमा बिएसी ९अनर्स० इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाइदै आएको छ । यस कलेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४ सय बढी बिद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा ४ सय बढी बिद्यार्थी अन्तरास्ट्रिय शिक्षा नेपालमै बसेर लिइ रहेका छन् ।

यसबर्षबाट पुर्वमा पहिलो पटक इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट र आगामी बर्ष मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ)थप कोर्ष संचालन गरिने पत्रकार सम्मेलन मार्फत बुढाथोकीले बताए ।

यस बर्षबाट कलेज पूर्ण रुपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा संचालन हुने भएको हुदा कलेजको ब्राण्ड “मेरिल्याण्ड कलेज बिराटनगर” को नामबाट परिवर्तन भइ “बिराटनगर इन्टरनेशनल कलेज” रहने पनि बुढाथोकीले जानकारी दिए । इनोभेट नेपाल ग्रुप अन्तर्गत बिराटनगर इन्टरनेसनल कलेज ,इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा , इटहरी इन्टरनेशनल कलेज तथा अन्य बिभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु साथै भर्खरै सम्भवत नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मर्ने उदेश्यका साथ विश्वका बिभिन्न १८ देशमा समेत प्रयोग भईरहेको अनलाइन लर्निंङको लागि ूमाइ सेकेन्ड टिचरू पनि संचालनमा ल्याएको छ ।

प्रदेश नम्बर १ र वरिपरीका बिद्यार्थीले गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य साथै नेपालका तथा मल्टी नेशनल कम्पनीलेहरुको माग अनुसारका दक्ष जनशक्ति उक्त कलेजबाट उत्पादन गर्ने लक्ष्य रहेको बुढाथोकीको दाबी छ ।