धरानः गोर्खा वेल्फेयर ट्रष्टले धरान ८ स्थित सभागृहमा रहेको नगर प्रहरी ब्यारेकलाई स्वास्थ्य सुरक्षा सामग्राी उपलब्ध गराएको छ । 

सभागृह परिसरमा हिजो एक संक्षिप्त कार्यक्रमको आयोजना गरी गोर्खा वेल्फेयर धरानले नगर प्रहरीलाई १६ किसिमका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा धरान उपमहानगरपालिकाका वरिष्ठ अधिकृत गणेशकुमार खतिवडा र धरान वडा ८ का वडासदस्य प्रेम तामाङको उपस्थिति रहेको थियो । अधिकृत खतिवडाले गोर्खा वेल्फेयर ट्रस्टले नगर प्रहरी ब्यारेकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताउँदै धन्यवाद सहितको पत्र हस्तान्तरण गरे । नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले सभागृह परिसरमा कोरोनाको पीसीआर र एन्टिजेन दुवै विधिबाट परीक्षण हुने भएकोले जोखिम रहेको बताए । कोरोनाको जोखिम भएका कारण केही दिनअघि गोर्खा वेल्फेयर ट्रस्टलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइदिन निवेदन दिएको उनले बताए ।

240532878_1090960395045297_7187542635013323857_n

सोही निवेदन अनुसार ट्रस्टले नगर प्रहरी ब्यारेकलाई हिजो स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको उनले जानकारी दिए । उनका अनुसार गोर्खा वेल्फेयर ट्रस्टले स्टेन सहितको हात धुने ट्याङ्की एक थान, प्लास्टिक बकेट ठूलो र सानो गरेर ७ थान, गार्बेज ब्याग ६० थान, डिस्पोजल ग्लोब्स ५ थान, सर्जिकल मास्क ४ सय थान, स्यानिटाइजर १० थान, क्लोरिन ३ ग्यालिन, सेफ्टी ग्लोब्स ४ थान, ह्याण्ड वासिङ लिक्विड १० थान, ह्याण्ड वासिङ लिक्विड ५ ग्यालिन, रबर गम्बुट ४ जोर, थर्मल गन १ थान र सेफ्टी गाउन ३ थान हस्तान्तरण गरेको हो ।