इटहरीः सुनसरीको इटहरीका अधिकांश ठाउँमा राखिएको ‘नो’ पार्किङ लेखिएको होर्डिङ बोर्डमा नै टँसाएर पार्किङ गरेको पाइएको छ ।
यहाँ रहेका ठूला व्यावसायिक भवन, सरकारी तथा निजी कार्यालय, विद्यालय र अन्य प्रशासनिक तथा गैरप्रशासनिक भवनबाहिर राखिएको होर्डिङ बोर्डमा नै पार्किङ गर्ने गरेको पाइएको हो । ट्राफिक प्रहरीले भने ति बोर्ड निजी क्षेत्रबाट नै राखिएकाले आफूले सवारीसाधनलाई कारबाही गर्न नमिल्ने बताएको छ ।