इटहरीः ङादी ग्रुप पावर लिमिटेडले सन्चालनमा रहेका अरु दुई वटा जलविद्युत आयोजनाको शेयर खरिद गर्ने भएको छ ।

कम्पनीको भदौ १५ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले विद्युत उत्पादन गरिरहेका उक्त दुई आयोजना खरिद गर्ने निर्णय गरेको हो । बैठकले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सञ्चालन गरेको ९.६० मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजनाको ७६.५८ प्रतिशत शेयर र ३ मेगावाट क्षमताको माइखोला क्यास्केड आयोजनाको सबै शेयर खरिद गर्ने निर्णय गरेको हो । ङादीले खरिद गर्ने दुवै जलविद्युत कम्पनीले अहिले विद्युत उत्पादन गरिरहेका छन् ।