इटहरीः अर्घाखाँची सिमेन्ट कम्पनी लिमिटेट पनि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।
शिवम सिमेन्ट, सर्वोत्तम सिमेन्ट पब्लिक कम्पनी भइसकेको अवस्थामा अर्घाखाँची प्रालि पनि अबबाट अर्घाखाँची सिमेन्ट लिमिटेड भएको हो । गत जेष्ठ महिनामा भएको कम्पनीको साधारणसभाबाट पब्लिक लिमिटेड हुने प्रस्ताव पारित गरेको कम्पनीलाई असार महिनामै अनुमति मिलेको भएपनि कम्पनीले भदौ १४ गते भने सूचना जारी गर्दै पब्लिक लिमिटेडमा गएको जानकारी गराएको छ । रुपन्देही जिल्लामा उद्योग राखेर सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट कम्पनीमा नेपालका ठूला उद्योगपतिहरु जगदीश अग्रवाल, पशुपति मुरारका, राजेन्द्रकुमार अग्रवाल, मनोजकुमार केडिया, गौरव अग्रवाल लगायतको लगानी रहेको छ । पब्लिक कम्पनी बनेसँगै अर्घाँखाँची सिमेन्टलाई सर्वसाधारणलाई शेयर निष्कासन गर्ने बाटो खुल्ला भएको छ । अब