इटहरीः मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका २० वर्षीय उमेश धिमाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गएराति १२ः०० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधि ट्रामाडोल – ५७५ ट्याब्लेट र स्पास्पेन – ५७० ट्याब्लेट बरामद गरेपश्चात् उनलाई पक्राउ गरिएको हो । अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।