धरानः सुनसरीको अनेरास्ववियु जिल्ला कमिटीद्वारा १२ गते शनिबार बराहक्षेत्र नगरपालिकाको मुसहर बस्तिमा बसोबास गर्ने अतिविपन्न बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
अध्यक्ष सुमन कार्कीको नेतृत्वमा पुगेको टोलीले शिक्षा स्वास्थको हिसाबमा निकै पिछाडि रहेको ठाउँ भएकोले सक्दो सहयोग गरेको र आगामी दिनमा पनि सो ठाउँमा सहयोग गर्ने अनेरास्ववियु सुनसरी जिल्ला कमिटि सचिव आशीष प्रधानले जानकारी दिए ।
करिब २० जना बालबालिकालाई ९ दर्जन कापी , ५\५ दर्जन पेन्सिल, डटपेन र खेलकुद सामग्री गरी १० हजार रुपैयाँ बराबरको सामग्रीहरु उपलब्ध गराएको सचिव प्रधानले उल्लेख गरे ।