इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्कामा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ ।

शनिबार बिहान ९ः०० बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । सो सिनेमा हल साइराम मार्केटमा रहेको छ । आगलागीबाट त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् । कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । यो समाचार तयार पार्दासम्म (शनिबार विहान १०ः४०बजे) पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगलागी भएको हो भन्ने यकिन हुन सकेको छैन । विद्युत्को तारबाट आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको ।

आगलागी नियन्त्रणका लागि इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, कोशी गाउँपालिका र इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका र दुहबी नगरपालिकाको दमकल, नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा स्थानीयको प्रयास जारी छ ।