इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ वर्षीया पार्वति राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट ३० मिटर तल खसेर गम्भीर घाइते भएकी राईलाई उपचारार्थ हलेसीतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।