इटहरीः उदयपुरको कटारी नगरपालिका २ मिलन चौकका पोष्टबहादुर मगरको छोरा ७ वर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
हिजो दिउँसो १ः३० बजे घरदेखि अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथिबाट पहिरो झरी पुरिएर गम्भीर घाइते भएका उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटी गई मुचुल्का संकलन गरी विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।