इटहरीः सुनसरी कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलपछाडि सवार एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका ६ का ३५ वर्षीय रामनाथ मण्डल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो दिउँसो १२ः०० बजे पश्चिमतर्फ जादै गरेको प्र २ –०३–००१ च ३००७ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको प्र २ –०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रामनाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा हिजो दिउँसो १२ः३० बजे मृत्यु भएको थियो भने मोटरसाइकलपछाडि सवार सप्तरी हुनुमाननगर कंकालिनी नगरपालिका ११ का १९ वर्षीय सन्तोषकुमार मण्डलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ वर्षीय अंशकुमार साह प्रहरीको नियन्त्रणमा रहेका छन् ।