धरान/ रंगमञ्चमा बाल प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले आयोजित अन्तरविद्यालय प्रथम बाल नाटक महोत्सवमा धरान– १४ स्थित दन्तकाली मावि प्रथम भएको छ । धरान– ८ स्थित सभागृहमा शुक्रबार सम्पन्न भएको महोत्सवमा दन्तकालीले चंगा चेट नाटक मञ्चन गरेको थियो । सोही विद्यालयका शिक्षक एवं रंगकर्मी कृष्ण तिम्सिनाद्वारा निर्देशित नाटकले प्रथम हुँदै नगद २५ हजार पनि हात पा¥यो ।
नाटकले स्कुल नगई बाटो, चोकमा समय बिताउने बालकहरूबाट पीडित स्कुले विद्यार्थीले ती बालकहरूलाई पिटेपछि सही बाटोमा आउने प्रण गरेको कथालाई समेटेको छ । गलत बाटोमा हिँड्ने हो भने धागो चँुडिएको चंगाजस्तै जिन्दगी चेट हुने सन्देश १५ मिनेटको नाटकले दिएको छ । नाटकमा सोही विद्यालयका विद्यार्थीहरूले अभिनय गरेका थिए । निर्देशक तिम्सिनाले उत्कृष्ट निर्देशकको पुरस्कार पनि हात पारे ।
यस्तै, रक्स्याहा बुबाको सधँैको कुटपिट र पारिवारिक कलहबाट आजित १४ वर्षीय मीरा घर छोडेर हिँडेपछि पाएको दुःख, हण्डरलाई सुन्दर ढंगले प्रस्तुत गरेको नाटक ‘जर्नी अफ मीरा’ दोस्रो भयो । यो नाटक सुनाखरी एकेडेमीले प्रस्तुत गरेको थियो । युवा कलाकार हरि इवाहाङले निर्देशन गरेको नाटकले नगद २० हजार हात पा¥यो । नाटकमा सोही विद्यालयका विद्यार्थीले प्रशंसनीय अभिनय गरेका थिए ।
धरान–१३ स्थित पब्लिक माविका विद्यार्थीले अभिनय गरेको ‘सपना साकार’ नामक नाटक तेस्रो हुँदै नगद १५ हजार हात पा¥यो भने शारदा बालिका नमुना उच्च माविको ‘लागूपदार्थ दुव्र्यसन र ओसारपसार’ नाटकले सान्त्वना हँुदै नगद १० हजार हात पा¥यो ।
सोही महोत्सवमा तुलसा थापाद्वारा निर्देशित युरेका आवासीय माविको नाटक ‘स्वरूप’ र मिलन चाम्लिङद्वारा निर्देशित पब्लिक उच्च मावि धरान–१२ को ताराबाजी लैलै नाटक पाँचौ भएका थिए । धरान प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित महोत्सवमा विभिन्न १३ वटा विद्यालयह सहभागी थिए । अरुण प्रधान, कुलचन्द्र न्यौपाने र विक्रमश्रिको निर्णायक मण्डलले नाटकको मूल्यांकन गरेको थियो ।