इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीकै रामधुनी नगरपालिका ३ घर भएका १८ वर्षीय निरञ्जन खड्का रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०५–००१ ख ००४९ नम्बर ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई उपचारार्थ इटहरीकै अपेक्स अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटना गराउने ट्रक र चालकलाई नियन्त्रण लिई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।