इटहरीः अब वैदेशिक रोजगारीमा गएका युवाले विदेशबाटै सोझै बैंक खातामा रेमिट्यान्स पठाए चल्तिभन्दा १ प्रतिशत ब्याज थप गरीदिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले पैसालाई बैंकिङ्ग प्रणालीमा ल्याउनको लागि यस्तो व्यवस्था गरेको जनाएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको नामका एकीकृत निर्देशन जारी गर्दै मङ्गलबारबाट यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । यो वैदेशिक रोजगारीमा गएका नेपालीको नाममा केन्द्रीय बैंकले सहुलियतसहित गरेको पहिलो व्यवस्था हो ।

वैदेशिक रोजगारीमा गएका युवाले अवैधानिक तरिकाले विप्रेषण (रेमिट्यान्स) पठाउँदा बैंकिङ्ग च्यानलमा कमै मात्र रेमिट्यान्स आउने गरेको छ । रेमिट्यान्सलाई व्यवस्थित गर्न भन्दै विदेशस्थित नेपाली रेमिट्यान्स व्यवसायी, संघसंस्थाहरुले नेपाली दुतावासमार्फत् अनुरोध गर्दै आइरहेका थिए ।

Screenshot 2021-08-25 082533