इटहरीः कोरोना महामारीको प्रकोपबीच सबैभन्दा बढी चुनौतिको क्षेत्र बन्यो स्वास्थ्य क्षेत्र । भन्नेले महामारीका बीच सबैभन्दा बढी कमाउने क्षेत्र स्वास्थ्य हो भन्ने गरेका छन् ।

तर चुनौति पनि त उनीहरुले नै सामना गरिरहेका छन् । जोखिममा रहेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्य संस्थामध्येमै पर्छ रामधुनी नगरपालिका वडा नम्बर १ स्थित साई मेडिकल हल पनि । रामधुनी नगरपालिका क्षेत्रका मात्र नभई इटहरी उपमहानगरकाका समेत थुप्रैलाई स्वास्थ्य सेवा दिने साई मेडिकलका सञ्चालक दुर्गाप्रसाद फुयाँल एउटा गर्विलो नाम रहेछ यो क्षेत्रको स्वास्थ्य सेवाको लागि । कोरोना महामारीका बीच प्रदेशस्तरीय अस्पतालहरु रहेको विराटनगर, धरानले समेत नहेरेका बिरामीहरुलाई साई मेडिकलले हामी हेर्दैनाँै भन्न भ्याएन । बरु पूरै पीपीईसहित तोकिएका स्वास्थ्य मापदण्ड पूरा गरेर सबैलाई सेवा दिइरह्यो । पछिल्लो २४ वर्षदेखि स्वास्थ्य क्षेत्रमा खटिएका दुर्गालाई हामीले उनको अनुभव साट्ने प्रस्ताव गर्यौैँ । उनले हुन्न भनेन,् बरु उनको व्यस्त दैनिकिका बावजुद आफ्नै मेडिकलको एउटा कोठामा बोलाएर आफ्नो अनुभव हामीसँग साटे । १८ वर्ष भएको रहेछ साई मेडिकल हल जन्मिएको झुम्कामा ।

पहिले १२ हजार रुपैँयाको लगानीमा सामान्य औषधिहरु र फर्निचरसहित खोलिएको यस मेडिकलमा अहिले यो क्षेत्रमै राम्रो सुविधा सहितको मिनि हस्पिटलजस्तै सेवा रहेछ । १२ डाक्टरहरुले सेवा दिने साई मेडिकलमा बाँकी ९ जना स्टाफहरु रहेछन् । “स्वास्थ्य सेवा दिने अरु संस्था पनि छन् तर अरुभन्दा उत्कृष्ट सेवा हामीले दिएका छौँ” दुर्गा भन्छन् । उनको मेडिकलमा कम्प्युटराइज्ड बिलिङ्ग सिस्टम रहेछ । यति मात्र नभएर इमजेन्सी सेवा २४ घण्टा दिँदा रहेछन् । कोभिडको बेला अक्सिजन चाहिने बिरामीका लागि अक्सिजनको सुविधा पनि रहेछ । हस्पिटल जानुपर्ने ७० प्रतिशत बिरामीलाई यहीँ उपचार गरेर पठाउने गरेको दुर्गाले हाम्रो बसाइमा सुनाए । साई मेडिकलमा अहिले दैनिक भिडियो एक्स रे, ल्याब तथा फार्मेसीका साथै हाडजोर्नी, फिजिसियन तथा गाइनेकोलोजिस्ट डाक्टरहरुले सेवा दिइरहेका रहेछन् । यहाँसम्म ल्याउन के कति चुनौति सामना गर्नुपर्यो, त्यो सबै दुर्गाले भोगेका छन् । तर त्यो भन्दा बढी चुनौति कोभिडले दिएको छ हामीलाई र विश्वलाई पनि । यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य सेवालाई स्थगित नगरी २४ सै घण्टा सेवा दिइरहेका फुयाँल प्राय एउटै परिवारले कम्पनी चलाउने गरेको प्रवृत्तिको विरोधी रहेछन् ।

कुनै बेला सरकारी स्वास्थ्य सेवामा समेत रहेका फुयाँल धनकुटामा जागिर खान्थे रे । पछि दुर्गममा सरुवा भएपछि त्यता छोडेर झुम्कातिर झरेका रहेछन् । भरतपुरमा नर्सिङ्गको पढाइ सकेका उनले अहिले पहिले आफूसँग पढेका थुप्र्रै डाक्टरहरुलाई आफ्नो मेडिकलमा रोजगारी दिइरहेका रहेछन् । त्यति मात्र नभएर पहिले आफूसँग जागिर खानेलाई समेत अहिले आफूले रोजगारी दिन पाउँदा खुसी भएको अनुभव दुर्गासँग छ । भmुम्का उद्योग वाणिज्य संघको सचिवसमेत रहेका फुयाँल स्वास्थ्य क्षेत्रमा भएका विकृतिप्रति भने चिन्तित देखिन्थे । केही व्यवसायीहरु भाडाको सर्टिफिकेट ल्याएर व्यवसाय गरिरहेका र त्यसले गर्दा स्वास्थ्य सेवा नभई लागूऔषध दुव्र्यसनीलाई बढावा दिइरहेको समेत दुर्गाको चिन्ताको विषय रहेछ । आफू स्वास्थ्य क्षेत्रमा लगानी गर्ने व्यवसायी भएको कारणले गर्दा यो क्षेत्रमा देखिएका समस्याको समाधानतर्फ जाने दुर्गा बताउँछन् । अब आउने उद्योग वाणिज्य संघ झुम्काको निर्वाचनमा अध्यक्षको उमेदवारी तयारी गरिरहेको बताउने फुयाँलले रामधुनी क्षेत्रको लागूऔषध दुव्र्यसनलाई शून्यमा ल्याउन सक्ने क्षमता आफुमा रहेको पनि बताउन छुटाएनन् । “रामधुनी नगरपालिका, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा हामी लागूऔषधमा फसेका युवाहरुलाई उद्धार गर्न सक्छौँ र निर्मूल नै पनि पार्न सक्छौँ ।” फुयाँलले थपे । लागूऔषधलाई पूर्ण रुपमा निर्मूल गर्न पहिला त औषधि व्यवसायीलाई नै कडाइ गर्नुपर्ने उनको ठम्याइ छ ।

डाक्टरको पुर्जाबिना जथाभावी औषधिको बिक्रीवितरण गर्नाले यसको असर लागूऔषधमा गएर टुङ्गिने फुयाँल बताउँछन् । नेपालको व्यापारिक क्षेत्रमा विकृति मौलाएको स्वीकार गर्छन दुर्गा पनि । भ्रष्टाचार, घुसखोरी, करछली यी सबै विकृतिले दिएको उपलब्धि हो हाम्रा लागि । यसको नियन्त्रण कसरी गर्ने त ? क्यासलेस बिजनेस यसको समाधान हुन सक्ने दुर्गा बताउँछन् । सबैको विवरण बंैकिङ च्यानलमार्फत् नियामक निकायसम्म पुग्नुपर्यो, जसले व्यापारमा हुने गरेका सबै विकृतिलाई निमिट्यान्न पार्न सक्छ । दुर्गाको ठम्याइलाई सहज पार्न नेपाल सरकारले पनि यो वर्षलाई डिजिटल भुक्तानीको वर्ष भनेर घोषणा गरिदिएको छ । सबै क्षेत्रमा डिजिटल माध्ययमबाट भुक्तानी हुने हो भने लिने दिने सबै हिसाबकिताब पारदर्शी पनि त हुन्छन् नि । मेडिकल संस्थाबाहेक राष्ट्रिय रोग निवारण संस्थाको झुम्का शाखाको सल्लाहकार, झुम्का उद्योग वाणिज्य संघको वाणिज्य सचिव, झुम्का जेसिसको पूर्वअध्यक्ष, लायन्स क्लबको रिजनल चेयरपर्सन रहेछन् दुर्गा । त्यति मात्र नभएर विभिन्न सामाजिक संस्थाको सल्लाहकारसमेत भएर सामाजिक सेवामा सक्रिय रहेछन् उनी ।

आफू एउटा व्यवसायी भएता पनि सामाजिक सेवामा रहेर काम गरिरहेको बताउने फुयाँलले हुडेप नेपाल, प्लान्ट नेपालजस्ता अन्तराष्ट्रिय संस्थामा समेत आबद्ध भएर काम गरिसकेका रहेछन् । सेवालाई धर्म सम्झिने फुयाँलले साई भक्तहरुको संस्थालाई वार्षिक रुपमा केही न केही आर्थिक सहयोग गर्ने गरेका रहेछन् । उनले मेडिकल सञ्चालन गरेको बखत आफ्नो एरियामा धेरै साई भक्तहरु रहेकै कारण साई मेडिकल भनेर नामकरण गरेको पनि हामीलाई बताउन भुलेनन् । हामीले दुर्गालाई भविष्यको योजनाका बारेमा पनि प्रश्न गर्यँौ । उनले रामधुनीका स्थानीयलाई लक्षित गर्दै निकट भविष्यमै एउटा सुविध सम्पन्न हस्पिटल बनाउने काम तिव्र गतिमा अघि बढिरहेको बताए । झण्डै ५७ हजार हाराहारी जनसंख्या रहेको रामधुनीमा आईसीयु, एनआईसीयू,सबै प्रकारका अप्रेसनसहित ५० देखि १०० शैयाको एउटा हस्पिटल बन्दै रहेछ ।

आफूसँग हस्पिटलको लागि २० जना डाक्टरको समूह रहेको बताउने फुयाँल नेपाल सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमसँग समेत साझेदारी गरी अब ६ देखि ८ महिनाभित्र हस्पिटल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँछन् । हस्पिटलसँगै स्वास्थ्य क्षेत्रको पढाइसमेत सञ्चालन गर्न मेडिकल कलेजको समेत अवधारण उनीसँग रहेछ । “त्यसो भयो भने हामी २५० जना सम्म बिरामीलाई रामधुनीमै उपचार गर्न सक्छँौँ । ” दुर्गा भन्दै थिए । मेडिकल व्यवसाय, नाफामुखी मात्र नभई सेवामुखी पनि हुनुपर्छ । दुर्गाले सञ्चालन गर्ने भनिएको हस्पिटल पनि चाँडै सञ्चालनमा आओस् र स्वास्थ्य सेवालाई अझ परिष्कृत बनाउँदै लगोस् । हामीले यही शुभकामना दियौँ । हुन त दुर्गा आफँै निकै सामाजिक सेवामा खटिएका व्यक्ति हुन् । हामी नेपालीहरु अलिकति कमाउनासाथ पहिले ऋणपान गरेर घर बनाउन तम्सिन्छौँ । तर दुर्गा पुरानै काठको घरमा रमाइरहेका रहेछन् । सबै थोक प्राप्त गरेपछि घर बनाउने योजना उनले हामीसँग सुनाए ।