इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा भाद्र १४ गते मध्यराति १२ः०० बजेसम्मका लागि थप गरेको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको म्याद आज मध्यराति १२ः०० बजे समाप्त हुन लागेको तर जिल्लमा कोरोना संक्रमणको विस्तार दरमा कुनै कमी नआएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय अनुसार निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकरी दिए ।
उनका अनुसार निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुनेछ । कोरोना संक्रमणको विस्तार दरमा वृद्धि भए कुनै पनि बेला निषेधाज्ञा अवधि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।