इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ बाट प्रहरीले अवैध लागूऔषध गाँजा र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही स्थान घर भएका ६५ वर्षीय मगम राई र ३७ वर्षीय खगेन्द्र राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार मगमको घरबाट १५ केजी गाँजा र खगेन्द्रको घरबाट एक थान भरुवा बन्दुक बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध र हतियार फेला पारेपछि हिजो अपराहन्न १ः०० बजे दुवै जनालाई नियन्त्रण लिएको प्रवक्ता राईले उल्लेख गरे । पक्राउ परेका दुवै अभियुक्तहरुलाई हिरासतमा राखी विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।