इटहरीः इलामको रोङ गाउँपालिका ६ सलकपुर की ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बिहान १०ः३० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागि घाँस काट्ने मेसिनमा लाइन जोड्न जाँदा मेसिनमाथि राखेको स्वेटर बेरिन गई स्वेटर निकाल्ने क्रममा करेन्ट लागी घाइते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पु¥याउँदा दिउँसो ११ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जिर्मले र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।