इटहरीः उदयपुरको बेलका नगरपालिका ५, गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ८० वर्षीय रामबहादुर श्रेष्ठ रहेको १ नम्बर प्रदेश ट्राफिपक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हिजो साँझ ६ः०० बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोही दिन राति ८ः३० बजे मृत्यु भएको हो । मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुम्काका २४ वर्षीय रोयलकुमार चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरजकुमार चौधरीसमेत समान्य घाइते भएका छन् ।
स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।