विराटनगरः हिजो शनिबार खोटाङ, सोलु र उदयपुर जिल्लामा भएको सडक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
हिजो बेलुका साढे ८ बजे बालुवा लोड गरी आउदै गरेको ना ५ त ६६०१ नम्बरको ट्याक्टर खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु स्थित जङगलको भीर बाट अन्दाजी १५० मिटर तल खसेर दुर्घट्ना हुँदा सोही ट्याक्टरमा सवार चालक सहित तिन जना मध्ये सोही स्थानका २३ बर्षीय दिनेश राईको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक सोही स्थानका १९ बर्षीय उमेश राई घाईते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ त्यस्तै अर्का सवार एक जना ट्याक्टरबाट हाम फाली सकुशल अबस्थामा रहेका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय एसैलुखर्कबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।
यसै गरी सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका ५ स्थित दियाले स्थितमा हिजो दिउसो साढे २ बजे बा५४प ७७२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको हुँदा चालक सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका २ खालि का ३० बर्षीय सुमन राईको घट्नास्थलमानै मृत्यु भएको छ ।
यसै गरि उदयपुर त्रियुगा नगरपालिका ३ लच्का स्थित कदमा–गाईघाट सडक खण्डमा हिजो बेलुका सँवा ६ वजे गाईघाटबाट मोतिगडा तर्फ जादै गरेको प्र१००–५००१प३७१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ गम्भिर घाईते भएका चालक सोही स्थानका ३२ बर्षीय शान्तिराम राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुकै पौने ७ बजे मृत्यु भएको छ ।