इटहरीः झापाको बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ८ का २० वर्षीय गोपाल बिश्वकर्मा र इलामको माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ मा डीडीआर फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भिष्म बुढाथोकी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहनन ४ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्रामसहित प्रकाउ गरेको हो । पक्राउ परेका दुवैजनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।