इटहरीः समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘बिस्तारै बिस्तारै ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील जोडी बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । गीतमा विशाल निरौला र अस्मिता अधिकारीको स्वर छ । विशाल निरौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडीको मनोभावनालाई ब्यक्त गरिएको छ ।

बुद्ध थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा सान थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोलाई निकै आकर्षक रुपमा निमार्ण गरिएको छ ।