इटहरीः प्रभु बैंकपछि नविल बैँकले पनि एटिएम मेसिनबाटै नगद जम्मा गर्ने सेवा सुरु गरेको छ । अन्तराष्ट्रिय प्राक्टिस पहिले देखि नै भएको भएपनि नेपालमा भने एटिएम मेसिनबाट नगद जम्मा गर्ने सेवाको सुरुवात हालैमात्रै हुन थालेको छ । अघिल्लो महिनामात्रै प्रभु बेैँेकले आफ्ना ग्राहकका लागि एटिएम मेसिनबाटै क्यास निकाल्ने र जम्मा गर्ने सेवाको शुरुवात गरेको थियो ।
नविल बँैक नेपालमै यस्तो सेवा सुरुवात गर्ने दोस्रो बँैक बनेको छ । नविलले पनि आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै एटीएमबाटै रकम जम्मा गर्न सक्ने व्यावस्था गरेको हो । आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत रकम झिक्नेमात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको बताएको छ । यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ।
ग्राहकले मेसिनमा रु १०००, ५०० र १०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एकपटकमा रु.९९ हजार ९०० जम्मा गर्न सक्नेछन्। साथै यसमार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्नेछन्। साथै यसमार्फत ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन्।
आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८४ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ।