इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुनैपनि दोषी पदाधिकारीलाई संरक्षण नगरिने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कुनैपनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा २०७३ मा तयार गरेको मापदण्ड समयसापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलमा रहेकाले सोही मापदण्ड अनुसार नियुक्ति प्रकृया सुरु गर्ने मन्त्रालयको तयारी छ ।

२०८५ सालदेखि नेपालमा मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन पनि मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

mohp