इटहरीः प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको रुरु जलविद्युत परियोजनाले आफ्ना लगानीकर्तालाई बोनस शेयर दिने भएको छ ।
परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १०.६३ प्रतिशत नगद लाभांश र गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी कुल १०.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
आगामी पन्ध्राँै र सोह्रौ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत चैत महिनामा प्रिमियम मूल्यसहित प्रतिकित्ता एक सय २० रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।