इटहरीः झापाको बिर्तामोडका दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपराहन्न ४ः०० बजे बिर्तमोड ५ जात्रुबारीबाट इलाका प्रहरी कार्यालयको टोलीले सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ३० मिलिग्रामसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै, हिजै साँझ ५ः०० बजे बिर्तामोड १ चारपानेबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ की वर्षीया देवी तामाङ र बिर्तामोड ५ की २१ वर्षीया सीता खतिवडालाई लागूऔषध ब्राउनसुगर ४ ग्राम ४५ मिलीग्रामसहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । पक्राउ परेका चारै जनाउपर इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

birtamod pakrau2