इटहरीः लामो समयदेखि धरानमा बजाजको मोटरसाइकल बिक्री गर्दै आएको अर्विन एण्ड ब्रदर्स अटोले आफ्नै जग्गामा बजाज सोरुम सञ्चालन गरेको छ ।

धरान ८ स्थित खहरेखोला छेउमा जग्गा खरिद गरी ‘भिआईपी शोरुम’ सञ्चालनमा ल्याएको हो । ११ वर्षदेखि बजाजको मोटरसाइकल सोरुम भाडाको घरमा सञ्चालन गर्दै आएको थियो । भाडाको घरमा चलाइएको सोरुमको आफ्नै जग्गामा सोरुम खोलेको अटोका सञ्चालक अर्बिन तामाङले बताए । यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स सोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कुचुक्क परेको ठाउँमा मर्मतसम्भारलगायत पाट्र्स पनि बिक्रीवितरण गर्दै आएका थियौं, त्यही भएर यहाँ आफ्नै जग्गामा आफ्नै भवन निर्माण गरेका छौँ, छुट्टै स्पेयर्स र पाट्र्सको सोरुम पनि सञ्चालनमा ल्याउन सफल भएका छौँ ।’ नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पाट्र्स तथा एक्सेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिइएको सञ्चालक तामाङले बताए । मंगलबार हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा, महाप्रबन्धक योगेन गुरुङ लगायतको उपस्थितिमा सोरुमको उद्घाटन भएको छ । कम्पनीका निर्देशक गोल्छाले रिबन काटेर दुवै सोरुमको उद्घाटन गरेका थिए । कार्यक्रम लक्ष्मण तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बजाजको नयाँ सोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउँदै सँधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने निर्देशक गोल्छाले बताए । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वासिलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामग्रीमा अधिकतम मूल्य प्रदान गर्न सँधै प्रतिबद्ध रहेको उनको भनाइ छ । महाप्रबन्धक योगेन गुरुङले धरानमा नयाँ सोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए । उनले भने, ‘हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ धरानमा यो नयाँ सोरुम विस्तारसँगै, यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।