इटहरीः लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ ।

आकर्षक भिडियोसहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको छ । नितिनलाई गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् । माया प्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विष्णु खड्काको सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युबबाट सार्वजनिक भएको हो ।