इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ वर्षीय बिक्रान्त अधिकारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधि ट्रामाडोल क्याप्सुल –२८८२ र स्पास पेन ट्याब्लेट – २९२० सहित पक्राउ गरेको हो । 

पक्राउ परेका अभियुक्तहरुउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।