वनियानीः झापामा सवारी दुर्घटना तीन गुणाले बढेको छ ।

कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६÷०७७ मा दुई सय ३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७÷०७८ मा करिब तीन गुणा बढी अर्थात् छ सय ५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए । आव २०७६÷०७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने दुई सय ६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७÷०७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ ।

एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आव २०७७÷०७८ मा तीन करोड ६९ लाख ५३ हजार पाँच सय रूपैयाँ राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायतका ५३ हजार एक सय सवारी साधनलाई कारबही गर्दा उक्त रकमको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । -रासस