इटहरीः जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सुनसरीले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गतेसम्म यथावत राख्ने निर्णय गरेको छ ।

केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा कोरोना संक्रमणको विस्तार दर बढेकाले निषेधाज्ञा यथावत राख्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाको हकमा भने स्थानीय तहसँग समन्वय गरी कुनै पनि बेला आदेश जारी हुन सक्ने प्रष्ट पारे ।

sunsari cdo