इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रियसभा गरी दुवै सदनको अधिवेशन एकाएक अन्त्य गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी दिए । उनका अनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।