इटहरीः सुनसरीको इटहरी १७ लबिपुरस्थित अंकित बडी ग्यारेजका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङको मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजमा मजदुरका रुपमा कार्यरत ४० वर्षीय रामकुमार लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिजो बेलुका ५ः४५ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका लिम्बूको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा ६ः३० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।