इटहरीः बितेको एक सातामा प्रदेश १ मा ६ हजार पाँच सयभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को तथ्याङ्क अनुसार गत साउन २४ गतेदेखि साउन ३१ गते आइतबारसम्म ६ हजार पाँच सय ५३ जना संक्रमित थपिएका हुन् । अहिले प्रदेश १ को झापा बाहेकका जिल्लामा निषेधाज्ञा खुकुलो छ । निषेधाज्ञा खुकुलो भएपनि संक्रति र संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । सोही अवधिमा प्रदेश १ मा ७१ जानको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयको तथ्याङक अनुसार साउन २४ गते प्रदेश १ मा नौ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय २१ र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ३२ गरी जम्मा पाँच सय ५३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका अनुसार मोरङमा एक सय पाँच, सुनसरीमा ९१, झापामा ८८, इलाममा आठ, धनकुटा, पाँचथर र भोजपुरमा तीन तीन, संखुवासभा, खोटाङ र उदयपुरमा दुई दुई र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो । सोही दिन चार जना पुरुष र तीन जना महिला गरी सात जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

यस्तै, साउन २५ गते सोमबार एक हजार सात सय ४४ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ५४ र एक हजार चार सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय गरी जम्मा नौ सय ५४ जनामा संक्रमण देखिएको थियो । झापामा दुई सय ५७, मोरङमा एक सय ३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, सङ्खुवासभामा दुई, पाँचथर र तेह्रथुममा एक एक र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको थियो । सोही दिन दुई महिला र तीन पुरुष गरी पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २६ गते यो साता कै उच्च एक हजार ७१ जना संक्रमित थपिए । एक हजार ६ सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच सय २८ र एक हजार सात सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ४३ जनामा संक्रमण देखिएको थियो । मोरङमा एक सय ८१, झापामा एक सय ७९, सुनसरीमा एक सय ३७, धनकुटामा १०, इलाममा पाँच , उदयपुर र सङ्खुवासभामा तीन –तीन, पाँचथर र भोजपुरमा दुई–दुई र प्रदेश १ बाहिरका ६ जनामा थपिएका थिए । सोही दिन प्रदेश १ मा तीन जना पुरुष र दुई जना महिला गरी पाँच जनाको मृत्यु भएको थियो । साउन २७ गते प्रदेशमा आठ सय ८५ जनामा संक्रमण पुष्टि भएको थियो ।

एक हजार पाँच सय ४२ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९१ र एक हजार चार सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय ९४ जनामा सङ्क्रमण देखिएको थियो । सो दिन झापामा दुई सय २६, मोरङमा एक सय ३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा ६, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एक–एक र प्रदेश १ बाहिरका १८ जना संक्रमित थपिएका थिए । सोही दिन १० जना पुरुष र ४ जना महिला गरी १४ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । साउन २८ गते प्रदेशमा ९ सय ६९ जनामा संक्रमण र १३ जनाको संक्रमणको कारण मृत्यु भएको थियो । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको थियो । झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको थियो ।

सोहि दिन ६ जना पुरुष र ७ जना महिला गरी १३ जनाको संक्रमणको कारण मृत्यु भएको थियो । साउन २९ गते सात सय ६९ जना कोरोना संक्रमित थपिएको प्रदेश १ मा पाँच जनाको संक्रमणका कारण मृत्यु भएको थियो । एक हजार पाँच सय २९ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ९३ र एक हजार सात सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय ७६ जनामा कोरोना संक्रमित थपिएका थिए । झापामा एक सय ३६, सुनसरीमा एक सय आठ, मोरङमा एक सय चार, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा पाँच, सङ्खुवासभा र भोजपुरमा चार–चार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश १ बाहिरका चार जनामा कोरोना पोेजेटिभ देखिएको थियो । सोहि दिन प्रदेशमा तीन जना पुरुष र दुई जना महिला गरी पाँच जनाको संक्रमणका कारण मृत्यु भएको थियो । साउन ३० गते शनिबार प्रदेश १ मा ६ सय ९२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा ७ जनाको संक्रमणको कारण मृत्यु भएको थियो । सात सय ८८ जनाको पीसीआर परीक्षण गर्दा दुई सय १५ र एक हजार पाँच सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

मोरङमा एक सय आठ, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र भोजपुरमा एक–एक जनामा संक्रमण देखिएको हो । सोहि दिन संक्रमणका कारण चार जना पुरष र तीन जना महिला गरि सात जनाको मृत्यु भएको थियो । साउन ३१ गते आइतबार साताकै सबैभन्दा बढी १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो भने ६ सय ६० जना नयाँ संक्रमित थपिएका थिए । एक हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा तीन सय ९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । झापामा एक सय ५१, मोरङमा एक सय २४, सुनसरीमा ९४, इलाममा आठ, उदयपुरमा चार, धनकुटामा तीन, पाँचथरमा एक र प्रदेश १ बाहिरका आठ जनामा संक्रमण देखिएको थियो । सोहि दिन प्रदशमा नौ जना पुरुष र ६ जना महिलाको संक्रमणका कारण मृत्यु भएको थियो ।