इटहरीः “बच्चाहरुको लागि पैसा डेडी ममीको पर्समा छ । सर्वसाधारणको सोचाइ हुन्छ पैसा बैंकमा छ । बैक भन्छन्, पैसा त राष्ट बैंकमा पो छ त । तर राष्ट्र बैंक त पैसाको संरक्षक हो । पैसा व्यावसायमा छ , उद्यममा छ, सूचनालाई सही किसिमले बुझेर गर्ने लगानीमा छ ।”

माथिको मिठो अभिव्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो । पैसा कहाँ छ ? त्यो तपाईँ हामी सबैको मनमा खुम्चिएको प्रश्न हो । समाजमा भएका विभिन्न तह र तप्काका मान्छेहरुको सोचाइ फरक फरक हुन्छ । सबैको सोचाइ पैसा भनेको ठूलो घरतिर तथा बजारमा ठूलो पसल चलाएको व्यक्तिसँग मात्र छ भन्ने हो । तर साँच्चै पैसा कहाँ छ त ? आइतबार संघीय राजधानीमा एउटा यस्तै बहस चल्यो पैसा कहाँ छ त भन्ने विषयमा । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर इकानोमिक समितमा बोल्दै वक्ताहरुले पैसा कहाँ छ भन्ने विषयमा आफ्नो भावना व्यक्त गरे । कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले पैसा बजार र व्यवसायीसँग रहेको बताए । नेपाल राष्ट्र बैंकको पद सम्हालेको १६ महिनामा गभर्नर अधिकारीले दुई लटका पैसामा हस्ताक्षर गरेका रहेछन् ।

५ दरका ३० करोड र १० दरका ३४ करोड पैसामा आफ्नो हस्ताक्षर रहेको अधिकारीले बताए । हाम्रो बजारमा अहिले ६ खर्ब ७० अर्बको नोट सर्कुलेसनमा रहेको अधिकारीले बताए । नोट छपाइ गर्ने प्रक्रिया नियमित हो । कुन नोट कहिले छाप्ने भन्ने कुराको मूल्याङ्कन गरेर छाप्न गरिन्छ । पैसा चाहियो भन्दैमा जति पनि छाप्ने भन्ने पनि हँुदैन । पैसा कहाँ छ भन्ने प्रश्नको उत्तरमा बोल्दै गैह्रआवासीय नेपाली संघका सँस्थापक अध्यक्ष जीवा लामिछानेले पैसा गैह्रआवासीय नेपालीहरुसँग रहेको तर देश नै कायापलट बनाउन सक्ने अवस्थाको पैसा नरहेको बताए । हरेक गैह्रआवासीय नेपाली आफ्नै देशमा लगानी गर्ने भन्ने सोचाइमा हुन्छन् र देशको माया सबैमा हुन्छ भन्ने भनाइ उनले राखे । व्यावसायी विष्णु अग्रवालले पैसा बजारमा भएपनि पैसा हुनेसँग कहाँ लगानी गर्ने भन्ने आइडिया नभएको बताए ।

त्यसैगरी, आइडिया हुनेसँग पैसा नभएको पनि अग्रवालले बताए । कृषि विकास बैंक, निफ्राजस्ता वित्तीय सँस्थाले गर्दा सम्बन्धित क्षेत्रमा लगानीको लागि वातावरण बनिरहेको अग्रवालले बताए । त्यसैगरी, नेपाल पूजीँ बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले पैसा पूजीँ बजारमा रहेको बताइन् । पैसा लगानीकर्ताको सोचमा छ, विचारमा छ र भावनामा छ भन्ने भनाइ उनले राखिन् । पोख्रेलले शेयर बजारमा जुनसुकै क्षेत्रका व्यक्ति आउन सक्ने, थोरै लगानीबाट पनि पूँजी बजारमा लगानी गर्न सक्ने भएकाले पूँजी बजारमा जान थुपै्र पैसा लिएर आउनु नपर्ने बताइन् । ठुलो लगानी गर्न चाहनेहरुका लागि पनि लगानीको राम्रो अवसर पूँजी बजार भएको पोख्रेलको भनाइ थियो । पोख्रेलले पूँजी बजारको विकासको लागि सरकारले पहल कम गरेकोले अझै बामे सरिरहनु परेको गुनासो राखिन । देशका विभिन्न ठाउँमा ब्रोकर नहुँदा लामो समय अगाडिको साधारण शेयर बेच्न नसकेर लगानीकर्ता दुर्गममै खुम्चिनु परिरहेको उनले बताइन् । बैंलाइ ब्रोकर लाइसेन्स दिने भन्ने बहस लामो समयदेखि सरकारी नियामक निकायमा गएर अङ्किएको पोख्रेलको गुनासोलाई गभर्नर अधिकारीले धितोपत्र बजारको कुरामा राष्ट्र बैंकले कहिल्यै पनि हस्तक्षेप नगर्ने भनेर कार्यक्रममै सम्बोधन गरे ।