इटहरीः मोरङको जहदा गाउँपालिका ३ जयरामपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही बस्ने रबिया ऋषिदेवको १० वर्षीय गोलु ऋषिदेव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ५ः०० बजे उनी साथीहरुसँग खद्रा खोलामा पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा डुबी घाइते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटी गई घाइते बालकलाई उपचारार्थ कोसी अस्पताल विराटनगरमा पु¥याउनासाथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।