इटहरीः नेपालमा पनि डिजिटल करेन्सीको सुरुवात हुने सम्भावना बढेको छ ।
आर्थिक वर्ष २०७८ ७९ को मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा पनि आफ्नै डिजिटल करेन्सी ल्याउनेबारे अध्ययन गर्ने घोषणा गरेका छन् । विश्वका विभिन्न विकसित देशहरूले किप्टो करेन्सीको कारोबार गरिरहेको बेला नेपालको यस्तो कुरा आएको हो । नेपालको सरकारी निकायबाट डिजिटल करेन्सीको बारेमा आएको हो पहिलो आधिकारिक अभिव्यक्ति हो ।