इटहरीः इटहरी लेडी जेसिजले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ को पडरियामा जेसिज गाउँ स्थापना गरेको छ ।

केही समयअगाडि स्थापना भएको सो गाउँको आज जेसिजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ । भौगोलिक रुपमा इटहरी उपमहानगरपालिका सम्पन्न भएको बाहिरबाट देखिए पनि यस ठाउँका जनताले भने उपमहानगरको स्तरको सेवा नपाएको भन्दै आगामी ७ वर्ष भित्रमा अन्य ठाउँजस्तै समृद्ध गाउँ बनाउने लक्ष्य जेसिजले लिएको छ । दीगो विकासका लक्ष्य अन्तर्गतका अर्थिक वृद्धि, राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा र गरीबी अन्त्य गरी जम्मा ४ वटा लक्ष पूरा गर्ने जेसिजको योजना रहेको इटहरी लेडी जेसिजकी अध्यक्ष जेसी गीता सुवेदीले जानकारी दिइन् । पडरियामा जम्म ६४ परिवारको बसोबास रहेको छ । यहाँ शिक्षा, स्वास्थ्यको अवस्था एकदमै नाजुक रहेको छ ।

food distrebution

यहाँबाट अहिलेसम्म ३ जनाले मात्र एसईई उत्तीर्ण गरेका छन् । यी सबै विषयलाई आगामी ७ वर्षसम्ममा कम गर्दै निर्मूल पार्ने लक्ष्य जेसिजको रहेको छ । जेसिज गाउँको अवधारण अघिल्ला वर्षमा चलेका भए पनि आफूले त्यसलाई मूर्त रुप दिन लागिपरेको जेसिजका राष्ट्रिय अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि खनालले जानकारी दिए । सोहि अवसरमा जेसिजले खाद्यान्न पनि वितरण गरेको छ । इटहरी लेडी जेसिजले आयोजना गरेको कार्यक्रमको सह आयोजकमा धरान जेसिज, दुहबी जेसिज, इटहरी जेसिज, तरहरा जेसिज, झुम्का जेसिज, चक्रघट्टी जेसिज, गोलबजार जेसिज र धनकुटा जेसिज रहेका थिए । कार्यक्रमको सञ्चालन इटहरी लेडी जेसिज वर्ष २०२१ की कानूनी सल्लाहकार इन्दिरा काफ्लेले गरेकी थिइन् ।